काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा थप मेहनत गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।
अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुको बैठकमा अर्थमन्त्री पौडेलले औषत भन्दा माथि उठेर काम गर्न र मातहतका कर्मचारीहरुलाई काममा लगाउन निर्देशन दिएका हुन् ।
सामान्य अवस्थाको कामले नतिजा पनि सामान्य आउने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले गत सालको यही अवधिको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा चित्त बुझाएर बस्ने अवस्था नरहेको बताए ।
संविधान र राष्ट्रको हितलाई ध्यान दिइ कानुन अनुसार करदातासँग राजस्व संकलन संकलन गर्नुपर्ने धारणा व्यक्त गर्दै अर्थमन्त्री पौडेलले समस्याहरुलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए ।
राजस्व चुहावट नियन्त्रणका लागि सुरक्षाकर्मी लगायत अन्तर निकायहरुबीच समन्वय गरी काम गर्न पनि निर्देशन दिनुभयो । उहाँले राजस्व संकलनमा कमजोरी गर्नेलाई छुट नदिन र ठाउँका ठाउँ एक्सन लिन पनि निर्देशन दिएका छन् ।
अर्थमन्त्री पौडेलले राजस्व संकलनका लागि नीतिगत, संरचनागत र प्रकृयागत सुधारका लागि नेतृत्वले साथ दिने बताए ।
बैठकमा अर्थ सचिव, राजस्व सचिव, राजस्व महाशाखा प्रमुख, भन्सार विभागका महानिर्देशक, आन्तरिक राजस्व विभागका महानिर्देशक लगायतको उपस्थिति थियो ।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend