Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने


    बिहिबार, असार २८ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।

    बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधि सभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो ।

    एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई अहिले पनि साथदिइरहेको छ । एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन् ।

    एकीकृत समाजवादीका प्रतिनिधि सभामा १० सांसद रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार