काठमाडौँ । जारी कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोली बिहान उरुग्वे र कोलम्बियाबीच खेल हुँदैछ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५: ४५ बजेदेखि शुरु हुँदैछ ।
उरुग्वेले क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोल अन्तरले पराजित गरेर सेमिफाइनलमा पुगेको हो ।
त्यस्तै कोलम्बियाले क्वाटरफाइनलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।
उरुग्वेले अहिलेसम्म १५ पटक कोपा अमेरिकाको उपाधि जितेर सबैभन्दा बढी पटक उपाधि जित्नेमा अर्जेन्टिनासँगै शिर्ष स्थानमा रहेको छ । उरुग्वे ६ पटक उपविजेता बनेको छ भने ९ पटक तेस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै कोलम्बियाले भने अहिलेसम्म एक पटक मात्र कोपाको उपाधि जितेको छ । त्यस्तै कोलम्बिया एक पटक उपविजेता बनेको छ भने ५ पटक उपविजेता बनेको छ ।
उरुग्वे र कोलोम्बियाबीच अहिलेसम्म ४५ पटक खेल भएको छ । जसमा उरुग्वेले २० खेल जितेको छ भने कोलोम्बियाले १४ खेल जितेको छ । त्यस्तै ११ खेल बराबरी भएका छन् ।
जारी कोपा अमेरिका उरुग्वे र कोलोम्बियाले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उरुग्वेले ब्राजिल जस्तो उपाधि दाबेदार मानिएको टिमलाई पराजति गर्दै सेमिफाइनलमा पुगेको छ भने कोलोम्बियाले पनि अहिलेसम्म शानदार प्रदर्शन गरिरहेको छ ।
दुवैको अहिलेसम्मको प्रदर्शन हेर्दा यो खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend