Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा


    आइतबार, असार २४ २०८१
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । कोलम्बिया जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ ।

    आइतबार बिहान सम्पन्न जारी कोपा अमेरिकाको क्वाटरफाइनल खेलमा पानामालाई ५-० गोल अन्तरले पराजित गर्दै कोलम्बिया प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

    कोलम्बियाको जितमा जोन कोर्डोबा, जेम्स रोड्रीगेज, लुइस डियाज, रिचार्ड रिओस र मिगुएल बोर्जाले एक एक गोल गरेका थिए ।

    यो जितपछि अब कोलम्बियाले सेमिफाइनलमा ब्राजिल र उरुग्वेबीचको विजेतासँग खेल्ने छ । त्यस्तै अर्को सेमिफाइनल खेल अर्जेन्टिना र क्यानडाबीच हुने निश्चित भएको छ ।

    यो हारसँगै पानामाको कोपा अमेरिकाको यात्रा समाप्त भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार