काठमाडौं । पूर्व कानून मन्त्री तथा बहालवाला सांसद लीलानाथ श्रेष्ठले मन्त्री भएको दुई महिनाभित्र पौने दुई करोडको जग्गा खरिद गरेको आरोप लागेको छ । ।
मन्त्री श्रेष्ठले पत्नी विश्वकुमारी श्रेष्ठको नाममा जग्गा पास गराएको खुलेको छ । । मालपोत कार्यालय लहानको श्रेस्ता अनुसार २०७८ असार १ का दिन रजिष्ट्रेशन नम्बर ०००९९९७ मा साविक जमदह गाविस वडा नं. ६ ख ( हाल वडा नं. ३ ) को कित्ता नं. ३४१,३४२,३४३,३४४,३४५ र ३४६ को ६ कित्ता जम्मा जग्गा बिघा १–६–५ ( एक विघा ५ कट्ठा पाँच धुर ) गोलबजार नगरपालिका वडा नं. ७ की विश्वकुमारी श्रेष्ठको नाममा राजीनामा पास भएको देखिन्छ ।
मालपोत कार्यालय लहानको श्रेस्तामा गोलबजार नगरपालिका वडा नं. ४ का बासिन्दा हाल नेपाल विद्युत प्राधिकरणका इन्जिनियर शिवराम यादवसँग १,७६०००००।– एक करोड छयहत्तर लाखमा उक्त जग्गा खरिद गरेको देखिन्छ । कोभिडका कारण भएको लकडाउनको समयमा मालपोतका कर्मचारीलाई घरमै बोलाएर उक्त जग्गा पास गराइएको हो । सो मितिमा मालपोत कार्यालय लहानको श्रेस्तामा एक मात्र रजिष्ट्रेशन पास भएको छ ।
नगरपालिकाभित्रको उक्त ६ कित्ता जग्गा पूर्व पश्चिम राजमार्गसँग टाँसिएको छ । सो जग्गाको बीचोबीच गोलबजार नगरपालिकाले आर्थिक वर्ष २०७७ साल माघ महिनामै सडक निर्माण गरेको नगरपालिकाका पूर्व मेयर देवनाथ साहले जानकारी दिएका छन् ।
पूर्व मेयर साह भन्छन् खेलग्रामदेखि राजमार्गसम्म २०७७ सालमै सडक निर्माण भएको हो । तर सो जग्गा खरिद–बिक्री गर्दा जग्गामा बाटो नभएको वडाको सिफारिस पेस गरिएको छ । लगभग ५ करोड भन्दा अधिक मूल्य पर्ने सो ६ कित्ता जग्गाहरु राजस्व छल्ने उद्देश्यले फगत १ करोड ७६ लाख थैली हालेर खरिद बिक्री गरिएको छ ।
पूर्वमन्त्री श्रेष्ठको प्रभावमा गोलबजार नगरपालिका वडा नं। ३ का वडाध्यक्ष धनप्रसाद लामाले सडक भएको उक्त जग्गाहरुमा बाटो सडक नभएको भनी झुटा सिफारिस दिएको थिए । ३ नं वडा कार्यालयको २०७८।०२।३१ को पत्र संख्या २०७७(०७८ चलानी नंं १३७७ मा उपरोक्त जग्गाहरुमा सडक बाटो नभएको उल्लेख छ ।
सडक नभएको झुटा सिफारिसको आधारमा ५ करोडभन्दा अधिक मूल्य पर्ने उक्त जग्गाहरु कम थैली हालेर खरिद–बिक्री भएको छ । जसका कारण लाखौं लाख राजस्व गुमेको छ ।
स्रोतका अनुसार उक्त जग्गा पूर्वमन्त्री तथा सांसद लीलानाथ श्रेष्ठकै हो । उनले निर्वाचनमा खर्च गर्न इन्जिनियर शिवराम यादवसँग ३ करोड ऋण लिएर उपरोक्त जग्गाहरु शिवराम यादवको नाममा राजीनामा पास गरिदिएका थिए । मन्त्री भएको दुई-तीन महिना नबित्दै श्रेष्ठले सावाँव्याज चुक्ता गरेर जग्गा फिर्ता लिएर पत्नीको नाममा पास गराएको आरोप छ ।
पूर्वमन्त्री तथा सांसद लीलानाथ श्रेष्ठले आफूले जग्गा बिक्री गरेको १ करोड ७५ लाख र बैंकबाट १ करोड ऋण लिएर जग्गा लिएको प्रतिक्रिया दिए । मैले न्यायाधीश नियुक्तिमा एक पैसा लिएको प्रमाणित गर्न चुनौती दिए । गिरीबन्धु टी स्टेटको जग्गा मेरो पालामा कुनै निर्णय नभएको अवस्थामा कसरी मेरो नाम मुछियो ? विनाप्रमाणको समाचार प्रकाशित गरिएकोमा उनले आपत्ति प्रकट गरे ।
यसैगरी पूर्वमन्त्री लीलानाथ श्रेष्ठको बारेमा प्रकाशित भएको समाचारमा स्रोतको भर पर्दा तथ्यहीन प्रसंगहरुसमेत पर्न गएकोमा क्षमायाचना गर्दै सम्पादन गरिएको जानकारी गराउँछौं ।
काठमाडौं । तोकिएको समयमा काम नगरी विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण ब्यवसायीको ठेक्का तोडिएको छ । डिभिजन सडक कार्यालय चरिकोट, दोलखाले समयमा...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई थुनुवा कक्षमा भेटेबापत सशस्त्र प्रहरी बल नेपालका दोस्रो वरियताका एआइजी बंशी दाहाल निलम्बनमा परेका छन् । उनी एक सातापछि...
जनकपुरधाम । आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै धनुषाको विदेह नगरपालिकामा मेयर पदका सम्भावित आकांक्षीबारे चर्चा सुरु भएको छ । निर्वाचनको औपचारिक प्रक्रिया अघि बढ्न...
पच्चीस बर्षदेखि सुदूर पश्चिम प्रदेशमा ग्यास उद्योग सञ्चालन गर्नुभएका दिवान चन्द अहिले एलपी ग्यास उद्योग संघका अध्यक्ष हुनुहुन्छ । उहाँको रेडियन्ट ब्राण्डको ग्यास कम्पनी...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा साइबर सुरक्षा जोखिम देखिएको भन्दै यसलाई अनिश्चितकालका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend