काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढासँग प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण सोधेको छ । बिचौलिया प्रयोग गरी ब्यापारी र डिपार्टमेन्टल स्टोरसँग रकम माग गरेको बिषयमा स्पष्टीकरण सोधिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
बिचौलिया उपेन्द्र शाही प्रयोग गरी काठमाडौंका ठूला बिजनेश मलहरुसँग रकम बार्गेनिङ गरेको बिषयमा मंगलबार सांसद रामहरि खतिवडाले संसदमा प्रश्न उठाएपछि यो बिषय सतहमै आएको हो ।
शाहीले हालका चक्र बुढासहित ६ जना महानिर्देशकको बिचौलियाको रुपमा काम गर्दैआएको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेको छ । यिनै शाहीले ब्यापारी तथा कर्मचारीहरुलाई अख्तियारका एक आयुक्तको समेत नाम लिएर तर्साउने गरेको बुझिएको छ । सुख्खा बन्दरगाह र बीरगंज भन्सारदेखि भैरहवा, तातोपानी, रसुवाबाट सामानमात्र होइन, सुपारी, भेपको तस्करी गर्नेहरुसँग समेत राजस्व अनुसन्धानका डीजीसँग सेटिङ गर्ने सेटिङ गराउने गरेको रहस्य बिस्तारै खुलिरहेको छ ।
बिचौलिया शाही कालिकोटका हुन् भने चक्रबहादुर बुढा जाजरकोटका हुन् । शाहीे बुढालाई भिनाजु भन्ने गर्दछन् । यसअघिका राजस्वका डीजीहरुको सेटिङ गर्ने शाही भए पनि बुढा आएपछि उनी बढी नै एक्सपोज भएकाले कुरा ससदसम्म पुग्यो । र, शाहीको बिचौलियाको धन्दा पर्दाफास भएको छ ।
राजस्व अनुसन्धान विभागका हरेक डीजीको बिचौलियाका रुपमा परिचालित शाहीको अथाह सम्पत्तिको छानबिन शुद्धिकरण अनुसन्धान विभागले गर्नुपर्ने दबाब परेको छ । त्यसो त बिचौलिया शाहीमात्र होइन, उनलाई परिचालन गर्ने राजस्वका महानिर्देशक(डीजी)हरुको सम्पत्ति समेत छानबिन गर्न सम्पत्ति शुद्धिकरण विभागलाई दबाब परेको छ ।
शाही एमाले निकट विद्यार्थी संगठनमा हुँदादेखिकै मन्त्री, सचिवदेखि राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभागका बिचौलियाको काम गरी अथाह सम्पत्ति आर्जन गरेका पात्र हुन् । उनले भौतिक पूर्वाधार मन्त्रालयका आयोजनाका ठेक्का र परामर्शका काममा पनि बिचौलियाको काम गर्ने गरेका छन् । केही महिनाअघि एडीबी सडक परियोजनाका प्रमुख चुडाराज ढकालले लौकही–काकडभित्ता सडकको परामर्शदाता नियुक्तिमा शाहीले भनेको कम्पनीलाई नदिने भएपछि भिडियो नै खिचेर बार्गेनिङ गरेका थिए ।
उनले देखावटीरुपमा सीटीईभीटीबाट स्वीकृति लिएर सामान्य इन्ष्टिच्यूट संचालन गरेका छन् । बिचौलियाको रुपमा उनले अथाह सम्पत्ति आर्जन गरेको र देशका संवैधानिक निकायका केही उच्चपदस्थसमेतको लगानीमा पेप्सीकोलामा करोडौैको प्लटिङ समेत गरेका छन् ।
ढकालको भिडियो खिची आफूले भनेको कम्पनीलाई परामर्शदाता छनोट गर्न दबाब दिएका थिए शाहीले । भिडियोमा ढकालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालको समेत नाम लिएकाले उनी आत्तिएका थिए । त्यही भिडियो देखाएर शाहीले ढकालसँग बार्गेनिङ गरेका थिए । चित्रलेखा यादव शिक्षामन्त्री हुँदादेखिकै उनी बिचौलियाको रुपमा उदाएका हुन् । चित्रलेखाले उनलाई शिक्षा अन्तर्गतका नियुक्ति, सरुवा बढुवाको डिल गर्न परिचालन गरेकी थिइन् ।
शाहीले सीटीईभीटीबाट सम्बन्धन दिलाइदिने भनेर नर्सिङदेखि बिभिन्न कलेजसँग करोडौं असुली गरेको आरोप लागेको थियो । कालिकोट घर भएका शाही एमाले अखिलको केन्द्रीय सदस्य हुँदै करोडपति भइसकेका थिए । एमाले अखिलको केन्द्रीय सदस्यमा पराजीत भएका उनले पछि कोटा थप्न लगाएर निर्वाचित भएको घोषणा गर्न लगाएका थिए ।
शाही आर्थिक अपचलन र लेनदेन विवादमा मुछिएपछि अनेरास्ववियुले तत्कालीन उपाध्यक्ष महेश बर्तौला नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिको प्रतिवेदनका आधारमा उनलाई अनेरास्ववियुले कारबाही गरी संगठनबाट निस्कासन गरेको थियो ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend