Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • संवैधानिक परिषद बैठकः निर्वाचन आयोगको आयुक्तमा प्रधान सिफारिस


    आइतबार, असार ३ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

    आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले प्रधानलाई आयुक्तमा नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो । प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।

    प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगको आयुक्त पद २०७९ पुस ५ गतेदेखि रिक्त थियो । आयुक्त इश्वरी पौडेलको ६ बर्षे कार्यकाल सकिएपछि उक्त पद रिक्त भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार