Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सात डीआईजीहरूको सरुवा र पदस्थापन


    बुधबार, जेष्ठ १६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले डीआईजीहरुको सरुवा र पदस्थापन गरेको छ । भर्खरै बढुवा भएका ४ डीआईजीको पदस्थापन र ३ डीआईजीको सरुवा गरिएको छ । मन्त्रीस्तरीय निर्णयका आधारमा डीआईजीहरुको सरुवा र पदस्थापन भएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विवादमा परी तानिएका अर्जुन चन्द ठकुरीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा गरिएको छ । कर्णालीका डीआईजी लालमणि आचार्यलाई ९ महिनामै हटाइएको छ । उनलाई भरतपुरस्थित जुनियर प्रहरी शिक्षालयमा सरुवा गरिएको छ ।

    रामदत्त जोशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरिएको छ । भर्खरै बढुवा भएका डीआईजीहरु डा. मनोजकुमार केसीलाई विशेष ब्यूरो, दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा, कृष्णहरि शर्मा पोखरेललाई उपत्यका प्रहरी कार्यालय र राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको छ ।

    यस्तो छ सरुवा सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार