Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै


    बुधबार, बैशाख २६ २०८१
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वर्तमान पदाधिकारी एवं पूर्वपदाधिकारीहरूको बैठक बस्दै छ । बैठक दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति र २८ गतेदेखि सुरु हुने बजेट अधिवेशनका विषयमा छलफल हुने बताइएको छ।

    बजेट अधिवेशनमा कांग्रेसका सांसदहरुले उठाउने विषयबारे छलफल गर्न भोलि संसदीय दलको बैठकसमेत बोलाइएको छ । संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार