Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • एमाले फर्किन वामदेव आतुर, ओलीलाई भने- अहिलेसम्म बोलाउनुभएन !


    सोमबार, बैशाख २४ २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक नेता वामदेव गौतम आफू एमालेमा फर्किन आतुर रहेको बताएका छन् ।

    नेता गौतमले वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै आफु एमालेमा फर्किन आतुर रहेको बताउँदै अध्यक्ष केपी शर्मा ओलीले ७-८ महिनादेखि कुरिरहेको बताएका हुन् ।

    उनले आफूलाई पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको बताउँदै ओलीले नेकपा फुटेको बेला आफू कतै नलागेकोले आफुलाई घाटा लागेको समेत बताए ।

    आफुलाई नेकपा फुटायो भनेर आरोप लागेको विषय उठाउँदै आफूले नेकपा नफुटाएको जिकिर गर्दै आफू त्यतिबेला कतै नलागेको स्पष्ट गरे । नेता बामदेवले ओलीकै आगाडी भने- ‘म एमाले आउने तपाईको खुट्टा तान्न आउने होइन । म तपाइँलाई अहिले भन्दा बलियो बनाउन आउने हो । २०८४ मा ६० लाख भोट ल्याउने योजना बनाएर सफल बनाएर देखाऊ ।’

    सोही कार्यक्रममा ओलीले बामदेवको एकताको भावना सकारात्मक रहेको बताउदै अहिले यस विषयमा आफूले चर्चा गर्न नचाहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार