रौतहट । भारतीय सीमासँगै जोडिएको रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाख भन्दा बढी रुपैयाँसहित एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ।
गौर नगरपालिका १ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रवार साँझ सोही वडाका ५६ वर्षीय बीरेन्द्रकुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताइन्।
साईकल चढेर आएका जैसवालले बोकेको झोलाभित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
गौरसँगै भारतीय बजार बैरगनिया जोडिएको हुँदा त्यहाँ पछिल्लो समय हुण्डी कारोबार बढ्दै गएको स्थानीयहरूले बताएका छन् ।
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend