महोत्तरी । महोत्तरीको बर्दिवासवाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन ।
वडा नं. १४ स्थित ट्रायल सेन्टरको छेउवाट २० के.जि. ९७४ ग्राम गाँजा सहित दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ पर्नेमा भंगाहा नगरपालिका वडा नं. ६ बस्ने ३२ बर्षीय कलाम अनसारी र बर्दिवास-१० बस्ने ४० बर्षीय पदम स्यांतान रहेका छन् ।
इलाका प्रहरी कार्यालय गौरिडाडावाट खटिएको प्रहरी गस्ति टोलिलाई देख्ना साथ तिन जना भागेका थिए । सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फ्याकेर भागेका उनीहरु मध्य प्रहरी निरीक्षक प्रल्हाद सिलवाल र स्थानियको रोहवरमा दुई जनालाई भने प्रहरीले नियन्त्रण लिएको इलाका प्रहरी कार्यालयका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।
फरार अर्को व्यक्तिको खोजी भईरहेको छ भने पक्राउ परेकाहरुलाई जिल्ला अदालत महोत्तरीबाट सात दिनको म्याद थपि ईलाका प्रहरी कार्यालय बर्दिवासमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । लामो समयदेखि आफूखुसी गैर हाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयले ७ दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend