काठमाडौँ । जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ ।
संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी गरेका हुन् । उनले भनेका छन्- ‘हामी आशा गर्छौं कि भारतमा सबैको अधिकार सुरक्षित हुनेछ । यो भारतमा चुनावी समय हो, त्यसैले सबै नागरिकले स्वच्छ वातावरणमा मतदान गर्ने अवसर पाउनेछन् ।’
यसअघि केजरीवाल पक्राउ परेको विषयमा जर्मनी र अमेरिकाले पनि यस्तै टिप्पणी गरेका थिए । भारतको विदेश मन्त्रालयले भने आन्तरिक विषयमा टिप्पणी गरेको भन्दै अमेरिका र जर्मनीका कुटनीतिज्ञसँग स्पष्टीकरण लिएको थियो ।
मुख्यमन्त्री केजरीवाल मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २२ देखि प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको छ ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend