बेइजिङ । टिकटक माथी प्रतिबन्ध लगाउने अमेरिकी तयारी प्रति चीनले आपत्ति जनाएको छ ।
अमेरिकी संसदमार्फत टिकटक प्रतिबन्ध गराउने बिधेयकले चाँडै नै अमेरिकामा प्रतिबन्ध लगाउनका लागि बाटो खुल्ला गरेको छ । तर, चीनले अमेरिकी संसदको सो प्रयासलाइ अन्याय पुर्ण र डाकु जस्तो व्यवहार गरेको आरोप लगाएको छ ।
बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले विधेयकमाथिको मतदान निष्पक्ष प्रतिस्पर्धा र न्यायको सिद्धान्तविपरीत भएको पहिलो प्रतिक्रिया दिएका छन ।
‘जब कसैले अर्को व्यक्तिसँग भएको राम्रो चीज देख्छ र यसलाई आफ्नो लागि लिने प्रयास गर्दछ, यो पूर्णतया डाकुको तर्क हो,’ प्रवक्ता वाङले भने ।
अर्का चिनियाँ अधिकारी वाणिज्य मन्त्रालयका प्रवक्ता हे याडोङका अनुसार चीनले आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सबै आवश्यक कदम चाल्नेछ।
हालै अमेरिकी संसदले पारित गरेको विधेयकले टिकटकको मूल कम्पनीको फर्मबाट टिकटक अलग हुनु पर्ने सर्त राख्दै सो एपमाथि प्रतिबन्ध लगाउन ६ महिनाको समय दिएको छ ।
यद्दपी, अझै पनि सिनेटमा अप्ठ्यारो टिकटक प्रतिबन्ध गर्ने तयारीको सामना गर्नु पर्नेछ । तर, राष्ट्रपति जो बिडेनले भने कि यदि यो कांग्रेसबाट पनि पास भयो भने उनले सहजै हस्ताक्षर गर्नेछन् ।
बीबीसीका अनुसार बेइजिङले आफ्नो हितको रक्षा गर्न आवश्यक उपाय गर्ने जनाएको छ । टिकटक चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको छ, जो केम्यान टापुमा दर्ता भएको बेइजिङमा रहेको फर्म हो ।
अमेरिकी सांसदले यस एपको बारेमा चिन्ता व्यक्त गरेका छन् र भनिरहेका छन् कि चिनियाँ सरकारको निगरानीमा रहेको सो एपले अमेरिकी जनताका डाटालाई राष्ट्रिय सुरक्षा जोखिममा पार्ने उत्तिकै खतरा रहेको छ । तर, टिकटकका मालिकहरूले भने अमेरिकाको सो आरोपहरूलाई अस्वीकार गर्दै आएका छन् ।
बुधवार मात्रै अमेरिकी कंग्रेसमा प्रस्तावित कानूनको पक्षमा ३५२ र विपक्षमा ६५ जना सांसदले मतदान गर्दै सो विधेयक पारित गर्न भारी मत दिएर प्रतिबन्धका लागि बाटो खुल्ला गरेको थियो ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend