Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो


    बिहिबार, चैत्र १ २०८०
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • भोजपुर  । धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो ।

    दुर्घटनास्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए ।

    अहिले ७ जनाको शव निकाल्ने प्रयास भइरहेको असई श्रेष्ठले बताए । प्रहरीका अनुसार जिप सडकबाट करिब २ सय मिटर तल खसेको भनाइ छ ।

    मृत्यु हुने ७ जनामध्ये चालक मानबहादुर बस्नेतबाहेक अन्य मृतकको सनाखत नभइसकेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार