Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सरकारमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमा छलफल हुने


    सोमबार, फाल्गुन २८ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    बैठक आज मध्यान्ह १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्नेछ ।

    सरकारमा दोस्रो पटक सहभागिता र सरकारमा पुगेपछि पार्टीले खेल्नु पर्ने भुमिकाको बिषयमा छलफल हुनेछ ।

    रास्वपाका सभापति समेत रहेका रवि लामिछाने गृहमन्त्रालय सम्हालेपछि चेकलिष्ट लिएर आएको बताएका छन् ।

    गृहमन्त्री लामिछानेलाई आफू समेत जोडिएको सहकारीको ७ अर्बभन्दा बढी बचत हिनामिनामा संलग्न जीबी राईलाई पक्राउ गरी कारबाही गर्नेदेखि सुन प्रकरणमा मुछिएका पूर्व उपराष्ट्रपतिका छोराहरु जितेन्द्र पुन र दिपेश पुनको बिषय अहिले निकै चर्किएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार