रौतहट । रौतहटको इशनाथ नगरपालिकास्थित बन्जरहाबाट सोमबार राति स्रोत नखुलेको १० लाख नेपाली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी र प्रहरी कार्यालय बन्जरहाबाट संयुक्त रुपमा खटिएको टोलीले इशनाथ–१ स्थित भित्री सडकमा प्र ३–०१–०२३–च ५३८५ नम्बरको ब्रेजा गाडीलाई रोकेर चेकजाच गर्दा स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलीजा गिरीले जानकारी दिइन्।
सवारी जाँचको क्रममा गाडी चालक हेटौंडा उपमहानगरपालिका १४ का वर्षीया रामरती मोक्तान र मनहरि गाउँपालिका १ का ३५ वर्षीय देवराज थिङलाई स्रोत नखुलेको १० लाख रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
गाडीको पछाडी सिटमा बसेका देवराजले बोकेको कालो रङको झोलाबाट रकम बरामद भएको र स्रोतबारे सोधपुछ गर्दा केही बताउन नसकेपछि आवश्यक कारबाहीका लागि गाडीसहित दुवैलाई मंगलबार गौर भन्सार कार्यालय बुझाएको डीएसपी गिरीले जानकारी दिइन्।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend