काठमाडौं । सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन ।
प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन ।
सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला गठबन्धनको बैठक बस्ने भनिएको थियो । हिजो निर्धारित समय सिमा भन्दा एक घन्टा बढी नाघिसक्दा पनि बैठक बस्न सकेको छैन ।
सोही बैठक बोलाएको बेलामा वालुवाटारमा नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ भने जसपा नेपालले पनि आकस्मिक रूपमा बैठक बोलाएको छ । गठबन्धनको बैठक बस्न लागेकै बेला जनमत पार्टीका अध्यक्ष सिके राउत वालकोटस्थित ओली निवास पुगेका छन् ।
सत्तारूढ गठबन्धनको बैठक बस्न नसके पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुर्णबहादुर खड्का भने वालुवाटार पुगेर छलफल गरिरहेको जनाइएको छ ।
हिजो मात्रै एकाएक प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहान र साँझ दुइ पटक भेटबार्ता गरेका थिए । सो भेटबार्ता पछि सत्तारूढ गठबन्धनमा नयाँ बहस सुरू भएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend