Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भ्याट छली गर्नेलाई सरकारले छाड्दैन : अर्थमन्त्री 


    शुक्रबार, फाल्गुन १८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • बागलुङ । अर्थमन्त्री प्रकाशशरण महतले भ्याट छली गर्नेलाई सरकारले नछाड्ने उल्लेख गरेका छन् । उनले भ्याट छल्ने अवस्था आउनै नदिने गरी काम गर्ने बताए ।

    बागलुङस्थित आन्तरिक राजश्व कार्यालय अनुगमनमा आएका मन्त्री महतले जनताले तिरेको भ्याट छलेर खानेलाई जुनसुकै हालतमा कारबाही गर्ने जनाएका हुन् । लक्षभन्दा कम राजश्व संकलन भइरहेको कार्यालयको तथ्यांक बुझे पनि उनले उक्त धारणा राखेका हुन् ।

    जानाजान कर नतिरेका, भ्याट छलेका घटनाले लक्ष्य पुग्न कठिन भएको उनको भनाइ थियो । ‘भ्याट भनेको जनताले मूल्यमै तिरिसकेको राजश्व हो, त्यो हिनामिना गर्ने अधिकार कसैलाई छैन,’ उनले भने, ‘त्यस्तो अपराध गर्ने र गराउन सहयोग गर्नेलाई कडा कारबााही हुन्छ ।’ उनले लक्ष्यअनुसार राजश्व संकलनमा भ्याट छलीगर्ने प्रवृत्ति हावी हुन नदिने समेत बताए ।

    उनले लक्ष्यबढी कर संकलन गरेर राज्यको आयश्रोत बढाउने र विकासका योजनामा लगानी गर्ने बताए । उनले पर्यटन प्रवर्द्धन, कृषि उपज उत्पादन जस्ता क्षेत्रमा लगानी गरेर दिगो श्रोतको सुनिश्चित गरिने बताए । ‘यस अघिको सरकारले सिर्जना गरेका दायित्व तिर्दा सरकारको बजेट अभाव भएको छ, त्यसैले धेरै योजना कटौती भएका छन्,’ उनले भने, ‘हामीले योजना काटेका होइनौं, महत्वकांक्षी योजना घोषणा गरिएकोले यो समस्या आएको हो ।’ बैंकको व्याजदर घटेकोले ऋण प्रवाह, ब्याज आम्दानी तथा उत्पादन बढ्ने उनले बताए ।

    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा घोषणा भएका आधारभूत अस्पताल, सडकलगायतको क्षेत्रमा हचुवाका कार्यक्रम राखिएकोले वर्तमान सरकार दायित्वको भारीमा परेको उनको टिप्पणी थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार