Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बंगलादेशको व्यवसायिक भवनमा आगलागी हुँदा ४३ जनाको मुत्यु


    शुक्रबार, फाल्गुन १८ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। बंगलादेशको एक भवनमा भएको आलगालीमा परेर ४३ जनाको ज्यान गएको छ । बेलायती समाचार संस्था बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका हुन् ।

    उक्त आगलागीमा परेका ७५ जनाको उद्धार गरिएको बीबीसीले लेखेको छ । ४३ जनामा ३३ जनाको ढाका मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ भने १० जनाको ढाकाकै आगलागीको उपचार केन्द्रमा मृत्यु भएको हो ।

    आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरू भएको बताइएको छ । आलो ग्यास चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ ।

    बंगलादेशमा राम्रो अग्नी सुरक्षा सकर्तका नभएको तथा कमजोर पूर्वाधार भएको भन्दै आगलागीका घटनाहरु धेरै हुँदै आएको बीबीसीले उल्लेख गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार