काठमाडौँ। कुवेत पठाउने भन्दै श्रीलंका पुर्याएर बन्धक बनाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मिया छन्।
एसपी फुयालका अनुसार घटना २०७३को हो। मियाले एक महिलालाई कुवेत पुर्याइदिने भनेका थिए। त्यतिबेला एजेन्टहरूले विशेषगरी घरको आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर भिजिट भिसामा कुवेत लगायत खाडी मुलुक पुर्याउने गर्थे।
त्यसका लागि उनीहरूले भारतको रूट प्रयोग गर्ने गरेका थिए।
सुरूमा महिलाहरूलाई भिजिट भिसामा नयाँ दिल्ली हुँदै कुवेत पुर्याउने गरिएको एसपी फुयालले बताए।
त्यसरी अवैधबाटो हुँदै खाडी जाने गरेको खुलेपछि भारतबाट खाडी जाने नेपालीहरूका लागि ‘नो अब्जेक्सन’ लेटर चाहिने आवश्यक गरेको थियो।
‘नो अब्जेक्सन लेटर चाहिने भएसँगै एजेन्टहरूले श्रीलंकाको बाटो प्रयोग गर्न थालेका थिए,’ एसपी फुयालले भने।
यसरी ती पीडित महिलालाई २०७३ जेठ १५ गते सुनौली नाका हुँदै नयाँ दिल्ली र त्यहाँबाट श्रीलंकाको कोलोम्बो पुर्याइएको थियो।
पीडित महिलालाई कसैले सोधे बुद्धको दर्शन गर्न जान लागेको भन्न सिकाएर पठाएका थिए।
श्रीलंकामा पुगेर त्यहाँका एजेन्टले लिएर पीडितसहित अन्य महिलाहरूलाई एकै ठाउँमा बन्धक बनाएको अनुसन्धानको क्रममा खुलेको हो। मानसिक तथा शारिरिक यातना समेत दिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई ६८ दिनसम्म बन्धक बनाएको थियो। पीडितका राहदानी लगायतका कागजातहरू पनि जफत गरी बन्धक बनाइएको थियो।
ती महिलाको केही समयपछि उद्धार भएको थियो। नेपाल प्रहरी र विभिन्न संघ संस्थाले सहकार्य गरी उनलाई त्यही साल फिर्ता ल्याएको थियो।
नेपाल फर्किएपछि पीडितले मियाविरूद्ध जाहेरी दिएकी थिइन्। उक्त घटनामा फरार रहेका मियालाई ब्युरोले मंगलबार पक्राउ गरेको हो।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend