काठमाडौँ। कुवेत पठाउने भन्दै श्रीलंका पुर्याएर बन्धक बनाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
मानव बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसपी ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका वडा नम्बर ४ का ४७ वर्षीय मदुला मिया भन्ने मुर्तुजा मिया छन्।
एसपी फुयालका अनुसार घटना २०७३को हो। मियाले एक महिलालाई कुवेत पुर्याइदिने भनेका थिए। त्यतिबेला एजेन्टहरूले विशेषगरी घरको आर्थिक अवस्था कमजोर भएका महिलाहरूलाई प्रलोभनमा पारेर भिजिट भिसामा कुवेत लगायत खाडी मुलुक पुर्याउने गर्थे।
त्यसका लागि उनीहरूले भारतको रूट प्रयोग गर्ने गरेका थिए।
सुरूमा महिलाहरूलाई भिजिट भिसामा नयाँ दिल्ली हुँदै कुवेत पुर्याउने गरिएको एसपी फुयालले बताए।
त्यसरी अवैधबाटो हुँदै खाडी जाने गरेको खुलेपछि भारतबाट खाडी जाने नेपालीहरूका लागि ‘नो अब्जेक्सन’ लेटर चाहिने आवश्यक गरेको थियो।
‘नो अब्जेक्सन लेटर चाहिने भएसँगै एजेन्टहरूले श्रीलंकाको बाटो प्रयोग गर्न थालेका थिए,’ एसपी फुयालले भने।
यसरी ती पीडित महिलालाई २०७३ जेठ १५ गते सुनौली नाका हुँदै नयाँ दिल्ली र त्यहाँबाट श्रीलंकाको कोलोम्बो पुर्याइएको थियो।
पीडित महिलालाई कसैले सोधे बुद्धको दर्शन गर्न जान लागेको भन्न सिकाएर पठाएका थिए।
श्रीलंकामा पुगेर त्यहाँका एजेन्टले लिएर पीडितसहित अन्य महिलाहरूलाई एकै ठाउँमा बन्धक बनाएको अनुसन्धानको क्रममा खुलेको हो। मानसिक तथा शारिरिक यातना समेत दिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई ६८ दिनसम्म बन्धक बनाएको थियो। पीडितका राहदानी लगायतका कागजातहरू पनि जफत गरी बन्धक बनाइएको थियो।
ती महिलाको केही समयपछि उद्धार भएको थियो। नेपाल प्रहरी र विभिन्न संघ संस्थाले सहकार्य गरी उनलाई त्यही साल फिर्ता ल्याएको थियो।
नेपाल फर्किएपछि पीडितले मियाविरूद्ध जाहेरी दिएकी थिइन्। उक्त घटनामा फरार रहेका मियालाई ब्युरोले मंगलबार पक्राउ गरेको हो।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend