काठमाडौं । कार र मोवाईल चोर्ने तथा चोरीमा संलग्नलाई संरक्षण दिने सहित चार जनालाई प्रहरीले पक्रेको छ ।
‘फोर्ड टिटानियम’ कार चोर्ने प्रदिप चौधरीसहित ४ जनालाई ईलाका प्रहरी कार्यालय ईटहरीको टोलीले पक्राउ गरेको हो ।
झापा बिर्तामोड घर भएका चौधरीले एक महिनाअघि सुनसरी स्थित ईटहरी उप–महानगरपालिका–१२ बाट बा.९ च.३४०३ नम्बरको कार, मोवाईल र ल्यापटप चोरेका थिए ।
चौधरीलाई खनारबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीका डिएसपी अर्जुन केसीले बताए ।