Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रदेश १ मा १६ हजार  कारोना सङ्क्रमित निको भए


    बिहिबार, कार्तिक २७ २०७७
    660
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश  १ मा पछिल्लो २४ घण्टाको अवधिमा १८९ जना कोरोना सङ्क्रमित थप भएका छन् । सो अवधिमा गरिएको ८४७ जनाको पिसिआर परीक्षणमा ८० महिला र १०९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    सङ्क्रमित हनेहरुमा मोरङमा ७० मध्ये विराटनगरमा ३७, झापामा ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा दुई÷दुई, इलाम, तेह्रथुम र भोजपुर एक÷एक र प्रदेश बाहिरका नौ  जना रहेका छन् ।

    यसप्रदेशमा आज ६६२ जना सङ्क्रमित सहित अहिलेसम्ममा  १६ हजार ४१८ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा हालसम्म एक लाख ७५ हजार ६४९ जनाको पिसिआर परीक्षण सम्पन्न गरिएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार