Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारतले तयार गर्‍यो ४ करोड कोरोना खोप


    बिहिबार, कार्तिक २७ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ कार्तिक । भारतमा कोरोना संक्रमण बढिरहेका बेला खुशीको खबर सार्वजनिक भएको छ ।

    त्यहाँको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआई) ले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनी मिलेर विकास गरेको कोरोनाविरुद्ध खोपको ४ करोड डोज तयार पारिएको बिहीबार जानकारी दिएको हो ।

    साथै यसको तेस्रो अर्थात् अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १ हजार ६ सय जनाको नाम समेत दर्ता भइसकेको कम्पनीले जनाएको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसिएमआर) को निगरानीमा भारतमा बेलायती कम्पनी (एस्ट्राजेनेका)) ले विकास गरेको ‘कोभिड सिल्ड’ खोपको परीक्षण भइरहेको हो ।

    भारतीय कम्पनी एसआइआईले कोभाभ्याक्स खोप उत्पादनका लागि पनि अमेरिकी कम्पनी नोभाभ्याक्ससँग सम्झौता गरिसकेको छ । भारतीय पत्रिका दैनिक भास्करका अनुसार नोभाभ्याक्स कम्पनीले एसआइआईसँग मिलेर सने २०२१ मा सय करोड डोज खोप आपूर्ति गर्ने सम्झौता भएको हो । स्रोत : दैनिक भास्कर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार