Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रमा अस्पताल बनाउने योजना रोकियो


    बिहिबार, कार्तिक २७ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । प्रदेश नं २ सरकारले बारा जिल्लाको पथलैयामा निर्माण गरिने ट्रमा अस्पताल बनाउने योजना रोकेपछि त्यस क्षेत्रका जनतामा निराशा छाएको छ । 

    सामाजिक विकास मन्त्रालयले नीति तथा कार्यक्रममा घोषण गरी सो अस्पताल निर्माण गर्न बजेट समेत छुट्याइसकिएको थियो । राजमार्गमा हुने सवारी दुर्घटनाबाट घाइतेहरुको तत्काल उपचार गर्ने उद्देश्यले प्रदेश सरकारले बाराको पथलैयामा रहेको स्वास्थ्य तालीम केन्द्रलाई ट्रमा अस्पताल बनाउने गरी बजेट समेत छुटयाइसकिएको भएपनि हाललाई सो अस्पताल निर्माणको काम स्थगित गरिएको सो मन्त्रालयले जनाएको  छ ।

    प्रदेश सरकारले सो अस्पताल पथलैयामा नबनाएर बारा जिल्लाको सदरमुकाम कलैयादेखि ६ किलोमिटर भित्र रहेको गंगापुरस्थित तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवनमा बनाउने निधो गरेपछि प्रदेश नं. २ को प्रदेश सभामा प्रतिपक्षी दलले विरोध गरेपछि सो अस्पताल निर्माणमा अवरोध आएको बताइएको छ । 

    प्रदेश सभामा नेकपाका सचेतक सुन्दर विश्वकर्माले निर्णय भएको स्थानमा नै अस्पताल बनाउनुपर्ने माग गर्नुभयभयो । दुई बिघा ४ कठ्ठा क्षेत्रफलमा रहेको सो तालीम केन्द्रमा ७२ कोठा र पर्याप्त साधनस्रोत भएको, राजमार्ग छेउमै रहेकाले पथलैयामा नै सो अस्पताल निर्माण हुनुपर्ने माग जितपुरवासीको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार