काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले तत्कालीन सेन्चुरी बैंकका सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । सिआइबीले न्यौपानेसहित १० जनालाई पनि पक्राउ गरेको छ । उनीहरुलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रहरीले पक्राउ गरेको स्रोतले बतायो ।
उक्त विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कर्जा प्रवाह गरेको आरोपमा प्रभु बैंकका डेपुटी सीईओसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रभु बैंकका डेपुटी सिइओ मनोज न्यौपाने,सेन्चुरीका पूर्व सीईओ तुलसी गौतम, सविन घिमिरे,सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ प्रधान,सुनिल बस्नेत,मनोज न्यौपाने,दिलीप बराल,दिपेश प्रधान,राजेश भण्डारी,रमण श्रेष्ठ र सन्ध्या श्रेष्ठ रहेका छन् ।
सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिइसकेको छ । नेपाल राष्ट्र बैंकको पत्रका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनीहरूलाई पक्राउ गरेको हो ।
सीआइबी स्रोतका अनुसार उनीहरुलाई देउराली सहकारीका सञ्चालकहरुलाई कमसल धितोमा क्षमताभन्दा बढी ऋण प्रवाह गरेको र त्यो ऋण डुबेको आरोपमा पक्राउ गरिएको हो ।
तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले देउराली सहकारीका सञ्चालक रवीन्द्र चौलागाईको कम्पनीहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरेको थियो। त्यस बेला बैंकले पर्याप्त धितो नलिइ देउराली सहकारीलाई करिब दुई अर्ब रुपैयाँ ऋण दिएको थियो।
सेञ्चुरी बैंकले पूजा मार्केटिङ प्रालिको नाममा ऋण दिएको थियो। त्यसको सञ्चालक र जमानीकर्ता रवीन्द्र चौलागाई हुन्। यस्तै, पूजा ट्रेडिङ्स एण्ड मार्केटिङ कम्पनी प्रालिका नाममा पनि ऋण चलाइएको छ। यसको सञ्चालक रवीन्द्रकी श्रीमती पूजा खत्री हुन्।
देउराली सहकारीमा अत्यधिक ऋण प्रवाह भएको पाइएपछि केन्द्रीय बैंकले थप अनुसन्धानका लागि सिईआबीलाई अनुरोध गरेको थियो । प्रभुले त्यस्ता ऋण उठाउन पटक पटक ताकेता गरेपनि उठाउन सकिरहेको छैन ।
ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा अहिले समस्यामा परेको छ । यसका अध्यक्ष चौलागाई भने आफै पनि थुनामा छन् ।
सेञ्चुरी कमर्सियल बैंकले सञ्चालक पूजा र राजेन्द्र खत्री रहेको श्री ब्रदर्श मार्केटिङ प्रा.लिका नाममा पनि ऋण प्रवाह गरेको थियो। देउराली सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयीभन्दा बढी अपचलन गरेको आरोपमा प्रहरीले रवीन्द्रलाई पक्राउ गरेको छ ।
चौलागाईले १० वटा कम्पनीबाट बैंकहरुको ४ अर्ब र सहकारीको ३ अर्ब रुपैयाँभन्दा बढी ऋण लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सहकारी सञ्चालकहरुलाई दिएको ऋण डुबेको बिषयलाई सीआईबीले हेर्न थालेको छ।
काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसूरमा थुनामा रहेका सुलभ अग्रवालसँग कारोबार देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)बिहीबार पक्राउ गरेकी मृदुला सरियालाई बिरामी नै नभए पनि...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend