Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ९८ करोड ठगीमा पक्राउ परेका भट्टचनलाई साधारण तारिखमा छुटाउन कल्याण श्रीमानकै सक्रियता !


    बुधबार, कार्तिक २६ २०८२
    2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ठूलै माछा फेलापारेको हल्लाखल्ला गर्दै पक्राउ गरिएका देवीप्रकाश भट्टचन १५ दिनमा साधारण तारेखमा रिहा भएका छन् । भट्टचनले प्रभु म्यानेजमेन्टको अध्यक्ष हुँदा सहकारीबाट ठगी गरेको ९८ करोड रुपैयाँ फिर्ता नगरी उनलाई सीआईबीले साधारण तारेखमा छाडेको छ ।

    धरौटीसमेत नलिई उनी साधारण तारेखमा छुटेपछि जेनजीको भ्रष्टाचार बिरोधी सरकारको मुखुन्डो उदांगो भएको छ । स्रोतका अनुसार भट्टचनको ठगीको लहरो तान्दा प्रभु बैंकसमेत तानिने भएपछि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नै पहलकदमी लिएर साधारण तारेखमा छुटाइएको छ ।

    प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचन पनि भट्टचनको ठगीमा तानिने भएपछि रातारात सेटिङ गरी भट्टचन छुटेको उच्चस्रोत बताउँछ । भट्टचन प्रकरणमा १० करोडकै चलखेल भएको स्रोत बताउँछ ।

    रवि लामिछाने सहकारी ठगीमा प्रत्यक्ष नजोडिएका भए पनि उनी एक बर्षदेखि हिरासतमा छन् । तर, ९८ करोड सहकारी ठगी गरेकोमा प्रभु म्यानेजमेन्टकै अध्यक्ष कुसुम लामाले किटानी जाहेरी दिएका भट्टचन १५ दिनमा साधारण तारेखमा रिहा हुनुले पनि जेनजीको सुशासन अभियानमा कुठाराघात भएको छ ।   विगतमा एमालेको आडमा उन्मुक्ति पाउँदै आएका भट्टचन जेनजी सरकारका पालामा पनि शक्तिकेन्द्रका रुपमा चिनिएका कल्याण श्रेष्ठको शरणमा परी जोगिएका छन् ।

    सीआईबीले भट्टचनलाई पक्राउ गरेपछि ९८ करोड ठगिएका सहकारीहरुले रकम पाउने आशा गरेका थिए । तर भट्टचन साधारण तारेखमा छुटेपछि सहकारीहरुको रकम फिर्ता नहुने भएको छ । सहकारीको रकम सबै भट्टचनले अपचलन गरे पनि दोषजति सबै कुुुसुम लामाको टाउकोमा थुपार्दै आएका छन् ।

    भट्टचनबाट कसरी ठगिए सहकारी ?

    बिभिन्न सहकारीको ९८ करोड रुपैयाँ ठगीमा कात्तिक ११ भट्टचनलाई सीआईबीले पक्राउ गरेको थियो । प्रभु रेमिटेन्सको कारोबारका मनी ट्रान्सफर सेवाका लागि सहकारीहरुले प्रभु म्यानेजमेन्टमा धरौटीबापत राखेको ९८ करोड ठगी गरेका भट्टचनबिरुद्ध प्रभु म्यानेजमेन्ट प्रा.लि. की अध्यक्ष रहेकी कुसुम लामाले सीआईबीदेखि बिभिन्न परिसरमा जाहेरी लिएर गइन् । तर एमालेका सांसद भएकाले उनको जाहेरी प्रहरीले लिन नमानेपछि लामाले सरकारी वकिल कार्यालयमा २०८१ असोज ११ गते जाहेरी दर्ता गराएकी थिइन् ।

    प्रभु म्यानेजमेन्ट प्रा.लि. मार्फत् पाउनुपर्ने ९८ करोड रुपैयाँ नपाएपछि हाल अध्यक्ष रहेकी लामासँग सहकारीहरुले पैसा फिर्ता मागिएपछि रकम ठगी गर्ने भट्टचनबिरुद्ध उनले प्रहरी गुहारिन् । प्रहरीले जाहेरी नलिएपछि अन्ततः सरकारी वकिलकोमा पुगेकी थिइन् ।

    कुसुम र भट्टचनबीच खटपटपछि प्रहरीमा पुग्यो ९८ करोडको ठगीको जाहेरी

    देवीप्रकाश भट्टचन र कुसुम लामा लामो समयदेखि निकटस्थ थिए । देवीप्रकाशले नै उनलाई प्रभु म्यानेजमेन्टको अध्यक्ष समेत बनाएका हुन् । तर पछिल्लो समय कारोबार बिग्रिएपछि सहकारीको पैसा भुक्तानी दिन नसकेपछि देवीप्रकाश र कुसुमको सम्बन्ध बिग्रिएको हो ।

    सहकारीको भुक्तानी दिन नसकेपछि उनीहरुले एक अर्कालाई त्यसको आरोप लगाउँदै आएका छन् । ९८ करोड सहकारीको करम भट्टचनले नै अपचलन गरेको तर सत्ताको आडमा त्यसको अभियोग सबै कुसुमलाई लगाएर उम्किन खोजेपछि उनी प्रहरी कार्यालय र सरकारी वकिलकोमा जाहेरी लिएर पुगेकी थिइन् ।

    अवैध कारोबारका कारण उनीहरुको सम्बन्धमा खटपट आएको स्रोत बताउँछ । स्रोतका अनुसार सो विषयमा विस्तृत अनुसन्धान भएमा प्रभु समूहका धेरै कम्पनीहरुको बदमासी छताछुल्ल हुन्छ ।

    सोही कारण पनि प्रहरीलाई १ बर्षसम्म जाहेरी नै लिनबाट भट्टचन र अशोक शेरचनले रोकेका थिए । भट्टचन प्रभु बैंकका समेत पूर्वअध्यक्ष हुन् भने डिसहोमका पनि पूर्वअध्यक्ष हुन् ।

    प्रभु बैंकमा अहिले पनि उनकै हालिमुहाली छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र देवीप्रकाश एउटै व्यवसायिक समूहका हुन् ।

    उनीहरु मिलेर बैंकबाट नियम मिचेर विभिन्न कम्पनीमा कर्जा प्रवाह गरेका छन् । त्यो कर्जामध्ये अधिकांश डुबेको अवस्था छ । प्रभु बैंकका धेरै ऋण लगानी कैफियतपूर्ण भएकाले सीआईबीले अनुसन्धान अगाडि बढाउँदा अशोक शेरचन समेत तानिने निश्चित थियो । त्यही भएर कल्याण श्रेष्ठमार्फत् भट्टचनलाई साधारण तारेखमा रिहा गराउन अशोक दिनरात लागेका थिए ।

    भट्टचन र अशोकले गुण सहकारीमा एकै दिन ३० करोड रकम कसरी ट्रान्सफर गरे ? त्यो रकम एकै दिन घुमेर कता कता पुग्यो भन्नेमात्र खोज्ने हो भने धेरै तथ्यहरु खुल्ने स्रोत बताउँछ । राष्ट्रबैंकले गुण सहकारीमा गएको रकम खोजी गर्ने हो भने भट्टचन र शेरचन कस्तो कारोबारमा छन्, प्रष्ट हुने स्रोत बताउँछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार