Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • पोल्याण्डमा छुरा प्रहार गरी एक नेपालीको हत्या


    मंगलबार, फाल्गुन १५ २०८०
    835
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। वैदेशिक रोजगारीका लागि पोल्याण्ड पुगेका एक नेपालीको छुरा प्रहार गरी हत्या गरिएको छ ।

    सामान्य विवादका क्रममा आफ्नै सहकर्मीले छुरा प्रहार गर्दा खोटाङको साकेला गाउँपालिकाका राजेश दाहालको मृत्यु भएको हो । एनआरएनए पोल्याण्डकाअनुसार घटना शनिबार रातिको हो ।

    मदिराले मातिएको समयमा सामान्य विवाद हुँदा दाहालमाथि छुरा प्रहार भएको पाइएको छ । उक्त घटनामा ३५ वर्षीय युवकलाई पक्राउ गरिएको छ ।

    दाहालको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । नेपाल ल्याउने तयारी भइरहेको एनआरएनए पोल्याण्डले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार