Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ


    मंगलबार, फाल्गुन १५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा । जुवा खेलिरहेको अवस्थामा झापामा १२ जना पक्राउ परेका छन् । शिबसताक्षी नगरपालिका-११ नहरचोक बस्ने ४७ वर्षीय चेतन दुलालको घरमा कौडा खेलिरहेको अवस्थामा दुलाल समेत १२ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

    दुलालको घरमा जुवा खेलाउने गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ६५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको जानकारी दिइएको छ ।

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार