Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्यालेस्टाइनका प्रधानमन्त्री श्तायेहले दिए राजीनामा


    मंगलबार, फाल्गुन १५ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्यालेस्टाइनका प्रधानमन्त्री मोहम्मद श्तायेहले राजीनामा दिएका छन्। उनले सोमबार राष्ट्रपति महमुद अब्बाससमक्ष आफ्नो सरकारको राजीनामा बुझाएको बताएका छन् ।

    यो निर्णय गाजापट्टीमा प्यालेस्टाइनी जनताविरुद्धको आक्रमणसँग सम्बन्धित राजनीतिक, सुरक्षा र आर्थिक घटनाक्रमका कारण रहेको उनले बताए ।

    श्तायेहको सरकार सन् २०१९ अप्रिलमा राष्ट्रपतिको आदेशद्वारा गठन गरिएको थियो । सरकारलाई प्यालेस्टाइनी मेलमिलाप र निर्वाचनको तयारीको जिम्मा दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार