काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुग्ध विकास संस्थानले दुध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी रकम तुरुन्त दिलाउन निर्देशन दिएका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल र मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई सिंहदरबारस्थित कार्यालयमा बोलाएर उनले किसानको दुधको बक्यौता तुरुन्तै भुक्तानी गराउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रबाट किसानले पाउनुपर्ने भुक्तानीसमेत तुरुन्त असुली गर्न र भुक्तानी नदिए कारबाहीको प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन् । ‘दुग्ध किसानले महिनौँसम्म भुक्तानी नपाएको विषयमा प्रधानमन्त्रीले गम्भीर चासो राख्नुभयो, किसानको समस्याप्रति गम्भीर हुन कृषिमन्त्रीलाई निर्देशन दिनुभएको छ,’ मुख्यमन्त्री अर्यालले भने ।
प्रचण्डले निजी क्षेत्रबाट किसानलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । ‘किसानहरूले महिनौँसम्म दुधको भुक्तानी नपाउनुको कारण के हो ? यसलाई गम्भीरतापूर्वक लिनुस्,’ प्रधानमन्त्रीको निर्देशन थियो, ‘निजी क्षेत्रबाट किसानहरूलाई भुक्तानी दिनुपर्ने रकमका लागि तत्काल सहजीकरण गर्नुस् ।’
दुध बिक्रीको करिब ६ अर्ब रुपैयाँ बक्यौता उठाउन देशभरका किसानले सोमबारबाट आन्दोलन सुरु गरेका छन् । केन्द्रीय दुग्ध सहकारी संघको अगुवाइमा किसानले सोमबार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर बक्यौता असुलीका लागि दबाब दिएका थिए । केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमर कुँवरले सोमबार मात्र ४० जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको बताए । उनले भने, ‘भोलि अन्य जिल्लामा पनि बुझाउँछौँ, त्यसपछि सडकमा आउने तयारीमा छौँ ।’
केन्द्रीय दुग्ध सहकारी संघका महासचिव रामप्रसाद आचार्यले दुई हप्ताअघि नै प्रधानमन्त्रीलाई भुक्तानीको समस्याबारे ज्ञापनपत्र बुझाउँदा पनि कृषिमन्त्रीलाई तत्काल निर्देशन दिएकामा अहिलेसम्म कार्यान्वयनमा नगएको बताए ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend