काठमाडौं । रुसी सेनामा भर्ती भएका धेरै भारतीयको उद्धार गरिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भारतको पहलकदमी पछि रूसी सेनाले उनीहरुलाई रिहा गरेको अवस्था छ । युक्रेनमा युद्ध लड्न पठाइएका भारतीयको मृत्यु भएपछि मन्त्रालयको यो तथ्य बाहिर आएको हो ।
भारतीय विदेश मन्त्रालयका अनुसार केही दिनदेखि रुसी सेनामा भर्ना भएका धेरै भारतीयले फिर्ता आउन माग गरिरहेको समाचार आएको जनाएको छ । ‘हामीले यो विषय रुसी सरकारसँग उठाएका छौं। यसपछि धेरै भारतीयहरू रुसी सेनाबाट डिस्चार्ज भएका छन् । भारतीयहरूको सुरक्षा हाम्रो प्राथमिकता हो,’ मन्त्रालयले भनेको छ ।
गत फेब्रुअरी २३ मा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भनेका थिए कि केही भारतीयहरूले रूसी सेनामा सहायक कामका लागि सम्झौतामा हस्ताक्षर गरेका छन । र, पछि उनलाई युद्ध लड्न पठाइयो। यस विषयमा भारतीय दूतावासले रुसी अधिकारीहरूसँग सम्पर्क राखेको थियो । ‘उनीहरुलाई बचाउने प्रयास गरिरहेका छौं, यस बीचमा हामी सबै भारतीयहरूलाई सतर्क रहन र युद्धबाट टाढा रहन अपील गर्दछौं,’ मन्त्रालयले भनेको छ ।
सोही क्रममा गुजरातको सुरत निवासी हेमिल अश्विनभाई मंगुकियाको युक्रेनमा मृत्यु भएको हो । ह्यामिललाई रुसी कम्पनीमा सामेल हुन लगाइयो। पछि कम्पनीले उनलाई युद्ध लड्न पठायो। ह्यामिललाई वाग्नरको सेनामा सामेल हुन भनियो । उनको मृत्यु हुनुभन्दा केही घण्टा अघि ह्यामिलले आफ्नो परिवारसँग करिब २ घण्टा कुरा गरेका थिए, भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
टाइम्स अफ इन्डियाका अनुसार अनुसार उनको परिवारका सदस्य अतुल मांगुकियाले भने, ‘फेब्रुअरी २३ मा ह्यामिलका बुवाको फोन आएको थियो । उनले छोराको मृत्युको खबर पाएका थिए । हामीले पत्याएनौं, त्यसैले हामीले छानबिन गर्यौं। अन्ततः फेब्रुअरी २५ मा यो पुष्टि भयो कि ह्यामिल रूस युक्रेन युद्धमा मारिए ।
अतुल मङ्गुकियाका अनुसार ह्यामिल डिसेम्बर १४ मा चेन्नईबाट रुस गएका थिए । उनले रुसी सेनामा हेल्परको काम गरेको जानकारी सामाजिक सञ्जालमार्फत पाएका थिए । रुसी कम्पनीका एजेन्टको निर्देशनमा उनी रुस गए । गत महिना उनको खातामा २.३ लाख भारतीय रुपैयाँ तलब जम्मा भएको थियो ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend