Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चितवनमा सङ्क्रमित पाँच हजार नाघे


    मंगलबार, कार्तिक २५ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैँ । जिल्लामा  कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या ५ हजार नाघेको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार जिल्लाभर कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार ८५ पुगेको हो ।

    सङक्रमित मध्ये ३ हजार ५१९ भरतपुर महानगरपालिकाका रहेका छन् । रत्ननगर नगरपालिकाका ६३४, खैरहनी नगरपालिकाका ३९४, राप्ती नगरपालिकाका २८७, कालिका नगरपालिकाका १५१, माडी नगरपालिकाका १०३ र इच्छाकामना गाउँपालिकाका ३१ जनामा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।

    जिल्लाका सङक्रमित मध्ये ३ हजार ४८६ ले कोरोना जितेका छन् । त्यस्तै १ हजार ५२२ सक्रिय सङ्क्रमित रहेकामा १ हजार ३१५ होम आइसोलेसनमा छन् ।  सङ्क्रमित मध्ये २ हजार ४८ महिला र ३ हजार ३७ पुरुष रहेका कार्यालयका प्रमुख दिपक तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमणबाट जिल्लाका ७७ जनाको मृत्यु भइसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार