Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सार्वजनिक ऋण भुक्तानीका लागि १ खर्ब छुट्याउनुपर्छ : अर्थमन्त्री


    सोमबार, फाल्गुन १४ २०८०
    735
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि सार्वजनिक ऋण भुक्तानीका लागि मात्रै १ खर्ब रुपैयाँ छुट्याउनुपर्ने जिकिर गरेका छन्।

    संसदमा सुरु भएको प्रिबजेटमाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन्। सामाजिक सुरक्षा कोषमा सिर्जित दायित्व बढ्दै जानु चुनौतीपूर्ण रहेको अर्थमन्त्री महतको भनाई छ ।

    हाल राजस्व संकलन लक्ष्यअनुसार नभए पनि गत वर्षको तुलनामा करिब १० प्रतिशत बढेको र आगामी दिनमा थप बढ्ने उनले बताए ।

    अर्थमन्त्रीले भने,‘अर्थतन्त्र लयमा फर्किन थालेपनि वाह्य र आन्तरिक समस्याका कारण चुनौतीमुक्त भइसकेको छैन । वित्तीय क्षेत्रमा सहकारी तथा लघुवित्तहरुमा समस्या देखिएका छन् ।’

    सार्वजनिक खर्चलाई मितव्ययी र राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न आवश्यक रहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार