Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रूससँगको युद्धमा ३१ हजार युक्रेनी सेना मारिएको तथ्यांक सार्वजनिक


    सोमबार, फाल्गुन १४ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रूससँगको जारी युद्धमा युक्रेनका ३१ हजार सैनिक मारिएको तथ्यांक सार्वजनिक भएको छ । युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले रुसको पूर्ण मात्रामा आक्रमण सुरु भएदेखि अहिलेसम्म ३१ हजार सैनिक मारिएको बताएका हुन ।

    उनले रुसी सैन्य योजनालाई मद्दत गर्ने भएकाले घाइतेको संख्या भने सार्वजनिक नगर्ने जनाएका छन् । सामान्यतया, युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेवाकर्मीहरूको संख्या सार्वजनिक गर्दैन थिए तर रूससँगको युद्द सुरू भएको दुइ बर्ष पुगेको अवसरमा उनले यो संख्या सार्बजनिक गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    युक्रेनका रक्षा मन्त्री रुस्तम उमरोभले युक्रेनका लागि सबै पश्चिमी सहायतामा ढिलाइ भएको र युद्ध ग्रस्त क्षेत्रको खर्च गर्न नपाए पछि ज्यान जोखिममा पर्दै गए पछि यो तथ्यांक सार्वजनिक गर्नु परेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार