काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरुले राजीनामा दिनु राम्रो हुने टिप्पणी गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । एमालेले बालकुमारी प्रकरणमा भौतिक पूर्वाधार एवम् यातायात मन्त्री प्रकाश ज्वाला, टेलिकम्युनिकेशन ट्राफिक मनिटर एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामस्क) प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ।
अध्यक्ष ओलीले राजीनामा नआएसम्म सदनमा विरोध कायमै रहने जिकिर गरे।
समाजवादी मोर्चामा सहभागी हुन बोलाइरहेको छ नि भन्ने पत्रकारको प्रश्नमा ओलीले समाजवादी मोर्चाबारे थाहा नभएको प्रतिक्रिया दिए।
यसैगरी विपक्षी सांसदहरुले सरकारसँग जवाफ माग गरेपनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठकलाई भने छल्दै आएका छन्।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend