काठमाडौं । नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ भने अहिलेसम्म १ लाख ५९ हजार ७४२ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय २६ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोमबारमात्रै १ हजार ७ सय ९८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।