Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनसरीमा एम्लुबेन्सभित्र २७३ किलो गाँजा भेटियो


    आइतबार, फाल्गुन १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुनसरीको बराहक्षेत्रमा एक एम्बुलेन्सभित्र २७३ किलोको गाँजा भेटिएको छ । बराहक्षेत्र नगरपालिका–१, चतराबाट आज बिहान को १ च २९३७ नम्बरको एम्बुलेन्सभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ ।

    एम्बुलेन्सभित्र ९ वटा पोकामा रहेको सो गाँजा बरामद गरिएको छ । चतराबाट सूर्यकुण्ड जाने भित्री सडकखण्डमा शंकास्पद अवस्थामा रोकी राखेको सो एम्बुलेन्सभित्र गाँजा भेटिएको सुरक्षा बेस चतराले जनाएको छ ।

    बरामद गाँजा तथा एम्बुलेन्स आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको जनाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार