विराटनगर । कोरोना भाइरस संक्रमणका कारण एकैपरिवारका दुईजनाको मृत्यु भएको छ। मोरङको केराबारी गाँउपालिका ३ स्थित नेपाल परिवारका दाजु भाइको संक्रमणकै कारण एकसाताको अन्तरमा मृत्यु भएको हो।
मृत्यु हुनेमा ५९ वर्षीय र ५७ वर्षका सहोदर दाजुभाइ छन् । एक हप्ताको अन्तरमा दुईजनाको मृत्यु भएको हो ।
यसअघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भाइको कार्तिक १८ गते मृत्यु भएको थियो। कार्तिक ५ गते कोरोनाबाट पीडित उनलाई तत्कालै परिवारले प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेका थिए ।
त्यसैगरी दाजुलाई कार्तिक ७ गते कोरोना पुष्टि भएपछि उनी मोरङ बुढीगंगा गाँउपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचाररत भर्ना भएका थिए।धरानस्थित प्रतिष्ठानमा भर्ना हुन नसकेपछि विराटमा आएका ल्याइएका उनको आइतबार विहान करिब ९ बजे मृत्यु भएको हो।