Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुबई पटाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ


    शनिबार, फाल्गुन १२ २०८०
    690
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। वैदेशिक रोजगारीको लागि दुबई पटाइदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गुल्मी जिल्ला मालिका गा.पा. वडा नं. ०६ घर भई हाल ललितपुर गोदावरी न.पा. वडा नं. ०२ बस्ने वर्ष ३२ वर्षिया विन्दु के.सी रहेकी छन्।

    उनले अनिष कुमार दनुवारलाई वैदेशिक रोजगारीको लागि दुबई पटाइदिन्छु, त्यसको लागि तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि सिप गार्डमा काम लगाइदिन्छु, मासि सत्तरी हजार रुपैयाँ तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी दुई लाख पचासी हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन्।

    काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले निज विन्दु के. सी. को खोजतलास गर्ने क्रममा बिहीबार ललितपुरको गोदावरी न.पा. वडा नं. ०२ बाँडे गाउँबाट पक्राउ गरेको हो।

    उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार