वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले तास खेलिरहेको अवस्थामा १३ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले वीरगन्जको त्रिमूर्ति चोक नजिकै रहेको वीरगन्ज मिटिङ हाउस खाजा घरबाट शनिवार १३ जनालाई पक्राउ गरेको हो ।
खाजा घरमा जुवातास खेलिरहेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरीले टोलीले उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।
वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले खाजा घरका मालिकसहित १३ जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरूको साथबाट ६२ हजार रुपैयाँ र तासको प्याकेटसमेत बरामद गरेको जनाएको छ । पक्राउ पर्नेहरूको नाम भने प्रहरीले खुलाएको छैन ।
पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरको भनाई छ । उनीहरूमाथि जुवा खेल्न नहुने मुद्दा अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले पर्साले जनाएको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौं । काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत (छैटौं) उद्धव भट्टराई घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भट्टराईलाई २१ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend