Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • प्रधानमन्त्रीको दाबी- एक साताभित्रै संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद‍्मा पेश हुन्छ


    शुक्रबार, फाल्गुन ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश हुने बताएका छन्।

    आज १३ औं मजदुर बलिदान दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले भने,’विधेयक सदनमा पारित हुने अन्तिम चरणमा छ । ४ र ५ दिनमै सदनमा पेश भएर पास हुन्छ।’

    प्रधानमन्त्रीले विधेयक पास भएपछि सबै सहिदका परिवारले सरकारबाट पाउने सेवा सुविधा पाउने उल्लेख गरे ।

    उनले शान्ति प्रक्रियाका केही कामहरू बाँकी रहेकाले सबै सहिद परिवारले राज्यको तर्फबाट पाउनुपर्ने सुविधा नपाएको स्पष्ट पारे।

    प्रधानमन्त्री प्रचण्डले विधेयक पास भएपछि सहिद र बेपत्ता योद्धाहरूले गरेको बलिदानप्रति गर्व हुने बताए।

    उनले सहिदहरू कहिल्यै नमर्ने बताउँदै बेपत्ता योद्धाहरूहरू पनि साँच्चिकै बेपत्ता छन् भने तिनीहरू पनि अमर हुने बताए।

    त्यस्तौ प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंगिएपछि जनयुद्ध दिवसमा सार्वजनिक बिदा हुने उल्लेख गरे।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार