Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मध्य गाजामा इजरायली आक्रमण हुँदा ४० जनाको मृत्यु, १०० घाइते


    शुक्रबार, फाल्गुन ११ २०८०
    975
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा परी कम्तीमा ४० प्यालेस्टाइनीको ज्यान गएको छ । उक्त आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका छन् ।

    प्यालेस्टाइनी सुरक्षा स्रोतका अनुसार, इजरायली विमानहरूमार्फत देइर अल–बालाह सहरका धेरै आवासीय घरहरूमा आक्रमण गरिएको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले केही पीडितको शव अल–अक्सा सहिद अस्पतालमा सारिएको जनाएको छ ।

    इजरायली आक्रमणले गम्भीर रूपमा क्षतिग्रस्त बनाएपछि एम्बुलेन्सहरू र नागरिक रक्षा टोली मानिसलाई बचाउन हमला भएको ठाउँमा पुगेका थिए ।

    अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसले भरिएको चिकित्सा स्रोतको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार