Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्वयम्भू घटनामा मृतक तीनै जनाको सनाखत, श्रीमान बेपत्ता हुँदा हत्याको आशंका


    बुधबार, फाल्गुन ९ २०८०
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको स्वयम्भूमा बुधबार बिहान मृत फेला परेका तीन जनाको सनाखत भएको छ।

    आज बिहान नागार्जुन नगरपालिका वडा नम्बर ६ स्वयम्भूस्थित एक घरको डेरामा बस्ने एकै परिवारका तीन जना मृत फेला परेका थिए ।
    उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ।

    अहिले प्रहरी वृत्त स्वयम्भू, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिएको छ।

    कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार दुई बच्चा र एक महिला मृत फेला परेका हुन्।

    ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ मृत फेला परेका छन्।

    उक्त घटनास्थलमा श्रीमान राजु घिमिरे फेला परेका छैनन्। घटनास्थलमा फेला नपरेको भन्दै प्रहरीले श्रीमानमाथि शंका गरेको छ।

    यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार