काठमाडौं । उत्तर प्रदेशको महोबास्थित परीक्षा केन्द्रमा एउटा अनौठो दृश्य देखिएको छ । यहाँ एक दुलहा, विवाहको जुलुसमा जाँदै गर्दा यूपी कन्स्टेबल भर्ती परीक्षामा उपस्थित हुनबाट रोकिए । दुलही लिन हिडेका दुलाहा जब परिक्षा केन्द्र भित्र प्रवेश गरे, जन्ती भने बाहिर उनलाइ कुरेर बसेका थिए ।
दुलहा प्रशान्त यादवको परीक्षा केन्द्रमा प्रवेश एकदमै फरक देखिएका किनभने उनी टाउकोमा सेहरा लगाएर परीक्षा केन्द्र पुगेका थिए।
महोबास्थित माँ चन्द्रिका महिला विद्यालयमा परीक्षा दिन आएका प्रशान्त यादवको समर्पणको सबैले प्रशंसा गरेका छन् । परीक्षा केन्द्रमा उपस्थित प्रहरी अधिकारीहरूले उनको साहसको प्रशंसा गर्दै उनीसँग फोटोसमेत खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
प्रशान्त यादवको बिहेको जुलुस उत्तर प्रदेशको मुधारीबाट बांदा जाँदै गर्दा बाटोमा महोबामा परीक्षा केन्द्र थियो । त्यसैले विवाह समारोहमा जानु अघि उनले परीक्षा दिने निर्णय गरे र परिक्षा हल भित्र पसे ।
आफ्नो निर्णयबारे कुरा गर्दै प्रशान्तले देशको सेवा गर्ने इच्छा व्यक्त गर्दै अवसरसँग कहिल्यै सम्झौता नगर्न आग्रह गरे । साथै, यस्तो अवस्थामा उत्सवको साटो परीक्षालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएको सुनाए ।
प्रशान्तले आफ्नो दाम्पत्य जीवन सुखमय रहोस् भनेर अहिले आफ्नो करियरलाई प्राथमिकता दिएको बताए ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend