चितवन । चितवनका दूध उत्पादक किसानहरुहरुले दूधको रकम भुक्तानी र विक्रीवितरण सहजीकरणको माग गर्दै भरतपुरको केन्द्रीय बसपार्क चोकमा दूध पोखेर विरोध जनाएका छन्।
उत्पादित दूधले बजार नपाएको र विक्री भएको दूध तथा दुग्धजन्य पदार्थको भुक्तानी महिनौँसम्म पनि नपाएको भन्दैं किसानहरुले दूध सडकमै पोखेर आन्दोलन गरेका हुन् ।
चितवन जिल्ला दूध उत्पादक सहकारी संघको आह्वानमा जिल्लाका विभिन्न सहकारीमा आवद्ध भएका किसानहरुले दूध पोखेका थिए । उनीहरुले सडकमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएका छन् । त्यसपछि किसानहरु फेरि सडकमा नारा लगाउँदै केन्द्रीय बस टर्मिनल चोकमा पुगेर दूध पोखेका हुन् ।
पछिल्ला महिनाहरुमा दूध बिक्री वितरण हुन छाडेको, बल्लतल्ल बिक्री भएको दूधको समेत भुक्तानी नपाएकोले सडकमै दूध पोखेर आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको चितवन जिल्ला दुध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।
दूध बेचेको पैसा लामो समयसम्म पनि नपाएपछि किसान समस्यामा परेको उनले बताए । अध्यक्ष बगालेका अनुसार किसानलाई बैंकको ब्याज तिर्न र गाईभैंसीको दाना–चोकर खुवाउन समेत कठिनाइ हुन थालेको छ ।
गत साउन महिनादेखि यहाँका किसानहरुले दूध बिक्री गरेको करीव ५२ करोड रकम भुक्तानी पाएका छैनन् । दूग्ध विकास संस्थान र निजी डेरीहरुले चितवनबाट दूध लगेर बेचे पनि रकम भने किसानलाई दिएका छैनन् ।
चितवनमा दैनिक ३ लाख ५० हजार लिटर दूधले बजार पाएको छैन । किसानहरु मिल्क होलिडेको चरम संकटमा परेको अध्यक्ष बगालेले गुनासो गरे । संघमा चितवनका एक सय १५ भन्दा बढी सहकारी आबद्ध छन् । यस्तै अवस्था आए किसानहरु विस्थापित हुने खतरा नजिकै आएको अध्यक्ष बगालेले बताए ।
चितवनका किसानले यसअघि प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित संघीय र प्रदेशका कृषिमन्त्रीहरूलाई दूधको समस्याहरू धेरैपटक राखे पनि हालसम्म समस्याको समाधान पाएका छैनन् ।


काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend