Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • संसदमा प्रधानमन्त्रीले भने- कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन


    आइतबार, फाल्गुन ६ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उच्च पदस्थ राजनीतिक तथा प्रशासनिक नेतृत्वहरू छानबीनको दायरामा आएको यो हाम्रो इतिहासको सबैभन्दा ठूलो प्रकरण भएको उल्लेख गरेका छन् । साथै उनले सुशासनको संकल्प गरेर आफूले अभियान चलाएको स्पष्ट पारे ।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी काण्ड यही सरकारले छानबीन गरेको र अदालतमा मुद्दा दायर गरेको जानकारी गराए । उनले भने–‘कुर्सी हल्लिने डर हुन्थ्यो भने छानबीन नै शुरु हुने थिएन । सम्मानित सदनमा म दोहर्‍याउँछु, सुशासन मेरो नारा होइन, मेरो सङ्कल्प हो ।’

    नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी दाखिला गरी तारेखमा छुटेका अभियुक्तहरूलाई थप अनुसन्धानको लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट समेत अनुसन्धान अघि बढाइएको प्रधानमन्त्री प्रचण्डले सदनलाई जानकारी गराए ।

    प्रधानमन्त्रीले पछिल्लो पटक ६० केजी सुन तस्करी प्रधानमन्त्री कार्यालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले पत्ता लगाएको उल्लेख गर्दै प्रचण्डले अपराधको स्वरुप सङ्गठित प्रकृतिको देखिएपछि नेपाल प्रहरीअन्तरगतको केन्द्रीय अनुसन्धान व्यूरोमा पठाई अनुसन्धान गरेर अदालतमा मुद्दा दायर गरिएको दाबी गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार