Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारलाई रविको प्रश्न : प्रमाण नभएकालाई खोजी–खोजी दुःख दिने, दोषीलाई जोगाउने ?


    आइतबार, फाल्गुन ६ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले फाइल किन खोल्दो रहेछ भन्ने उदांगो भएको टिप्पणी गरेका छन् । दुई युवाले ज्यान गुमाएको बालकुमारी घटनामा दोषी ठहर भएर पनि प्रधानमन्त्री मौन बसेको भन्दै लामिछानेले आफ्ना आएपछि सरकारले फाइल लुकाउने गरेको आरोप लगाए।

    “बालकुमारी घटनामा यो देशमा रोजगारीको अवसर नपाएर विदेशमा रोजगरी गरी परिवार पाल्छु भनेका युवाहरू वीरेन्द्र शाह र सुजन राउतको दिनदहाडै गोली हानी हत्या गरियो र १० लाख दिएर मुख टाल्ने काम गरियो,” लामिछानेले भने, “यसअघिदेखि नै मन्त्री प्रकाश ज्वाला दोषी रहेको भनिदै आएको थियो । अहिले छानबिनले नै उहाँ दोषी रहेको प्रमाणित गरेको छ । यसबारे न प्रधानमन्त्री चुइक्क बोल्नुहुन्छ । न त सम्बन्धित मन्त्रीले नै नैतिकता देखाउनुभएको छ ।”

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार