Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वी युक्रेनको सहर कब्जामा लिएपछि पुटिनले सेनालाई दिए बधाई


    आइतबार, फाल्गुन ६ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पूर्वी युक्रेनी सहर कब्जामा ल्याउन सफल भएकोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई बधाई दिएका छन् ।

    कीभले आफ्नो सेना जोगाउन अवडिभकाबाट फिर्ता ल्याएको घोषणा गरेको थियो ।

    त्यसको केही घण्टापछि मस्कोले शनिबार (फेब्रुअरी १७)मा पूर्वी युक्रेनी सहर अवडिभका पूर्णरूपले आफ्नो नियन्त्रणमा लिएको बताएको थियो ।

    रुसी रक्षामन्त्री सर्गेई शोइगुले राष्ट्रपति भ्लादिमिर पुटिनले सेनालाई यो महत्त्वपूर्ण विजयका लागि बधाई दिएको बताएका हुन् ।

    युक्रेनको डोनेट्स्क क्षेत्रमा रहेको अवडिभका सरहको कब्जा युक्रेनयुद्धमा गत वर्षको मे महिनायताकै ठूलो रुसी जित हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार