Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरबाट १० किलो चरेस र सालकको खपटा सहित तीनजना पक्राउ


    आइतबार, फाल्गुन ६ २०८०
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मकवानपुर । अवैध लागुऔषध चरेस करिब १० किलो र करिब १ किलो तौलको सालकको खपटासहित मकवानपुरको थाहा नगरपालिका-९ टिपटारबाट तीन जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने थाहा नगरपालिका(७ डाडाबास घर भएका ३५ वर्षीय दिलु भन्ने टेक बहादुर गोले, टेक बहादुरकै भतिज नाता पर्ने ३० वर्षीय गब्रे भन्ने दिलिपकुमार गोले र दिलिप कुमारकी श्रीमती ३१ वर्षीया चमेली भन्ने सबिता गोले पाख्रिन रहेका छन् ।

    आधारमा इलाका प्रहरी कार्यालय चित्लाङ र इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध र सालकको खपटा फेला पारी तीनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार